14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

लक्षित जनसङ्ख्याको १८ प्रतिशतले मात्र पूर्ण खोप पाउन बाँकी

spot_img

काठमाडौं, सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

खोप अभियान सुरु गरेको १४ महिनाको तथ्यांकमा सरकारले लक्षित १८ वर्ष माथिका जनसङ्ख्याको ९३.४ प्रतिशत अर्थात एक करोड ८६ लाख एक हजार ४७७ जनालाई पहिलो मात्रा खोप लगाएका छन् ।

त्यस्तै सो उमेर समूहका जनसङ्ख्याको एक करोड ६३ लाख ९५ हजार ६८ अर्थात ८२.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले सो उमेर समूहका एक करोड ९९ लाख २२ हजार १६४ जना लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

सरकारले लिएको लक्ष्य पूरा गर्न पहिलो मात्रालाई आधार मान्ने हो भने सात प्रतिशत र पूर्णमात्रालाई आधार मान्ने हो भने १८ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन बाँकी छ ।

तर कोरोना सङ्क्रमणदर घटेसँगै कोरोनाविरुद्धको खोप लगाउनेको संख्यामा पनि कमी आएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले ले समयमानै लक्ष्य अनुसार अभियान पूरा हुने बताइन् । पछिल्लो केही दिनदेखि ५० हजारको हारहारीमा मात्रै खोप लगाउने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन अनिवार्य रूपमा कोरोना विद्धको खोप लगाइसक्नु पर्छ ।

- Advertisement -

सरकारले बैशाख मसान्तसम्म १२ वर्ष माथिका शतप्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

कुल जनसङ्ख्याको कतिले लगाए खोप

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा सरकारले हालसम्म चार करोड सात हजार ८६१ मात्रा खोप लगाइएको छ ।

तीमध्ये एक करोड ८७ लाख ६२ हजार ७२७ जनाले एकमात्रा खोप लगाएका छन् भने एक करोड ९० लाख ८५ हजार ६३२ जनाले पूर्ण मात्रा लगाएका छन् ।

सरकारले कुल जनसङ्ख्याको दुई करोड ९१ लाख ९२ हजार ४८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ । लक्ष्यमध्ये बिहीबारसम्म दुई करोड २० लाख १८ हजार ४३० जना अर्थात ७५.४ प्रतिशतले एक मात्रा र एक करोड ९० लाख ८५ हजार ६३२ जना अर्थात ६५.३ प्रतिशतले कुल जनसङ्ख्याले पूर्णमात्रा खोप लगाएका छन् ।

१२ वर्ष माथिका ७२ प्रतिशले लगाए पूर्णमात्रा

यस्तै, सरकारले १२ वर्षमाथिका ३४ लाख पाँच हजार ४५५ जना लक्षित समुहलाई खोप लगाउने लक्ष्य लिएको छ । सो उमेर समुहका ३१ लाख २५ हजार ३८५ जना अर्थात ९१ प्रतिशतले एकमात्रा खोप लगाएका छन् भने २४ लाख ७१ हजार ७८९ अर्थात ७२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

२१ लाखबढीले लगाए बुस्टर खोप

मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म करिब २१ लाख ५९ हजार ५०२ जनाले बुस्टर डोज लगाएको जनाएको छ ।

सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह गरेको छ । कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेकामध्ये अधिकांश बुस्टर मात्रा लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

चिकित्सकका अनुसार खोप लगाएको ६ महिनापछि शरीरमा एन्टिबडी घट्दै जान्छ । त्यसैले पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रूपमा बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

५ वर्ष देखि ११ वर्षले कहिले पाउँछन् खोप ?

५ वर्ष देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई खोप दिन राष्ट्रिय खोप सल्लाहकार समितीले सिफारिस गरिसकेको छ ।

सल्लाकार समितिले सिफारिस गरेको भए पनि उक्त खोप अभियान सुरु गर्न क्याबिनेटको निर्णय चाहिने भएकोले क्याविनेटको निर्णयपछि उक्त अभियान सुरु गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा।सुरेन्द्र चौरसियाले बताए ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिले बालबालिकालाई खोप लगाउन सिफारिस गरिसकेको छ । अब क्याविनेटको निर्णयपछि मात्र काम अगाडि बढ्छ ।

बालबालिकालाथि ८४ लाख खोप आवश्यक रहेकोले विभागले फाइजर खोप ल्याउने कम्पनीसँग सहमती भैसकेको छ । क्याविनेटको निर्णयपछि काम अगाडि बढ्छ ।

चार करोड ७८ लाख बढी खोप प्राप्त

नेपालले अहिलेसम्म विभिन्न मुलुकसँग खरिद र सहयोगस्वरुप चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ । सरकारले कोभिशिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका र सिनोभ्याकका खोप नेपाल भित्र्याएको छ।

चैत १४ गतेमात्रै नेपालमा पहिलो पटक सिनोभ्याक ४० लाख मात्रा खोप आइपुगेको छ । चीन सरकारको अनुदान सहयोगमा आइतबार र सोमबार गरी ४० लाख मात्रा खोप आएको डा।चौरसियाले बताए ।

उक्त खोप टाइफाइड विरुद्धको खोप अभियान पछि मात्रा संचालनमा ल्याउने डा. चौरासियाले जानकारी दिए । यो खोप १८ वर्षभन्दा माथिकालाई दुई मात्रा दिइन्छ । यस खोपलाई ७० भन्दा धेरै देशले प्रयोगका लागि मान्यता दिएका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img