सिन्धुपाल्चोक/ लगातारको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीको तटीय क्षेत्रमा जोखिम बढेको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी समेत दिएको छ।
बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरूद्ध भएको छ।
त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। जोखिममा परेकाहरु सुरक्षित स्थानमा गई बसेका प्रहरीले जनाएको छ।