11.4 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

ललितपुरमा भागबन्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

spot_img

काठमाडौ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा काांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दाबी छ । उनले भने, ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली काांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । तिमल्सिनाका अनुसार महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरे पनि सहमति भने जुट्न सकेन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img