20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

ला लिगामा बार्सिलोनाको फराकिलो जीत

spot_img

एजेन्सी, स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । आज बिहान क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ओसासुनामाथि ४–० को जीत हासिल गरेको हो ।

घरेलु टोलीलाई जीत दिलाउन पेरान टोरेसले २ तथा इमरिक औवामियाङ र रिकी पुचले १–१ गोल गरे । १४ औं मिनेटमा टोरेसको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

पाब्लो गाभीमाथि नाँचो भिडालले फउल गरेपछि पाएको पेनाल्टी अवसरमा टोरेस चुकेनन् । २१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० ले अघि बढाए । उनले ओसामाने डेम्वेलेको पासलाई सदुपयोग गरेका थिए ।

२७ औं मिनेटमा डेम्वेलेकै पासमा औवामियाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लियो । ७५ औं मिनेटमा परिवर्तित खेलाडी पुचले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जीत दिलाए ।

७३ औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका पुच मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न सफल भए ।

यो जीतसँगै २७ खेलमा ५१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिँदा पराजित ओसासुना २८ खेलबाट ३५ अंकका साथ ११ औं स्थानमा छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img