20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

लुम्बिनी क्षेत्रसँग गिरिजाबाबुको महत्वपूर्ण सम्बन्ध थियो : सुजाता कोइराला

spot_img

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ को ११ औं स्मृति दिवस मनाइएको छ । गिरिजाबाबुको ११ औं स्मृति दिवसको सन्दर्भमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रुपन्देहीको आयोजनामा विश्व शान्तिको केन्द्रभूमि लुम्बिनीमा शान्तिदीप प्रज्ज्वलन भएको हो ।

   उक्त कार्यक्रममा फाउन्डेसन कि संरक्षक / अध्यक्ष सुजाता कोइराला ले व्यक्त गर्नु भएको अभिव्यक्ति सम्क्षेपमा यस्तो रहयो ।

गिरिजाबाबुको लुम्बिनी क्षेत्रसंग बिशेष र महत्वपुर्ण सम्बन्ध थियो। लुम्बिनीको बृहत्तर बिकासको लागि सधै नै चासो राखी रहनुहुन्थ्यो। सम्पूर्ण बुद्ध धर्मालम्बीहरु को आस्थाको केन्द्रको रुपमा रहेको तथा नेपालको धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना रहेको लुम्बिनी क्षेत्रलाइ हामीले जति प्राथमिकता साथ अगाडी बढाउनु पर्ने थियो त्यो हुन नसकेकोमा गिरिजा बाबु सधै त्यसलाई कसरि तिब्र गतिमा विकास गरेर अन्तरास्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर क्रियासिल रहनुहुन्थ्यो।

दोस्रो विश्वयुद्द पछि विश्व शान्तिको कामना गर्दै एक जापानी भिक्षु फुजी गुरुजीले सन् १९४७ (1947) मा विश्वका विभिन्न ठाउहरुमा शान्ति स्तुपा निर्माण गर्ने घोषणा गर्नु भयो र पहिलो बिश्व शान्ति स्तुपा सन् १९५४ (1954) मा जापानको कुमामोतोमा उद्घाटन भएको थियो। जापानको हिरोसिमा र नागाशाकीमा एटम बम प्रहार पछि मानब जिबन र भौतिक संरचनामा ठुलो क्षति भयो र विश्व शान्ति स्थापना एउटा प्रमुख मुद्धा बन्न पुग्यो।

सोहि शिलशिलामा भिक्षु फुजी गुरुजीको विश्व शान्ति स्तुपा निर्माण अभियान अन्तर्गत शान्तिका अग्रदुत गौतम बुध्दको जन्मस्थल लुम्बिनीमा पनि बनाउदा लुम्बिनी क्षेत्रको पहिचान अन्तरास्ट्रिय स्तरमा फैलने र विश्वपर्यटनको केन्द्र बनाउन थप टेवा पुग्ने मनसायले गिरिजाबाबु ले सो योजनालाइ अगाडी बढाउन सहायोग गर्नु भयो र सन् १९९३ मा उद्घाटन गर्नु भयो। त्यसै गरि विश्व शान्तिको केन्द्रको रुपमा लुम्बिनीलाइ विकास गर्न थप पहल होस् भनेर र संसार भरि बौद्ध धर्म गुरुहरु मार्फत प्रचार गर्न र बिस्वभरि संदेश प्रबाह होस् भनेर विश्व बौद्ध सम्मेलन आयोजना गर्न स्थानीय समितिहरुलाइ निर्देशन दिनु भयो जुन सम्मेलनको उद्घाटन सन् २००१ मा गर्नु भएको थियो। बृहत लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नको लागि पनि पहल गर्नु भयो |

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img