Sarokar News

Best News Forever

मुख्य समाचार राजनीति समाचार

वामदेव गौतमले प्रतिनिधिसभाको चुनाव प्यूठानबाट लड्ने

काठमाडौं । बर्दियाबाट चुनाव हारेका वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने सहमतिसँगै उनले निर्वाचन क्षेत्र पनि फेर्ने निर्णय गरेका हुन् । गौतमले प्यूठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने माओवादीसँग प्रस्ताव पनि गरेका छन् ।

२०७० मा प्यूठान–१ र बर्दिया–१ बाट जितेका उनले ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि बर्दिया–१ बाट चुनाव लडेका उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । बर्दियाका जनताबाट तिरस्कृत भएका उनी प्युठान जान लागेका हुन् । तर प्युठानमा पनि उनलाई सहज भने छैन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *