14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

वायु सेवा निगमले सुरु गर्यो साउदी अरेबियाको रियादमा सिधा उडान

spot_img

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ। निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुक्रबारबाट शुभारम्भ उडान भरेको हो।

उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी भएका हुन्। निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताए।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गरे। साथै उनले परराष्ट्र मन्त्रालयलगायत सबै शुभेच्छुक एवं सहयोगीप्रति धन्यवाद व्यक्त गरे।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ।

एकतर्फी ३७ हजार भाडा

काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्। निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन्। काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ। विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन्। अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ।

- Advertisement -

आठ देशका १० गन्तव्यमा उडान विस्तार

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो।

निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए।

व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ छ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img