काठमाडौं– गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरुको भ्रमणका लागि वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय हुनुपर्ने निर्देशन गरेको छ।
गृह मन्त्रालये १८ बुँदे निर्देशन जारी गर्दै कम्तिमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउने विज्ञप्तिमा उल्लेख गरेको छ।
भिजिट भिसाबाट सृजित समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको भन्दै गृहले यस्तो पत्र लेखेको हो।
उक्त कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेलसम्मका लागि भन्दै गृहले १८ बुँदे निर्देशन जारी गरेको हो।