13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

विद्यालयको खाजाले विद्यार्थी विद्यालयमा टिक्न थाले

spot_img

बागलुङ, काठेखोला गाउँपालिका –३ धम्जा माझकटेराको निर्मल प्रा।वि।मा विगत तीन वर्षअघि १२ जना विद्यार्थी थिए ।

विद्यार्थी सङ्ख्या घटेपछि विद्यालय पायक पर्ने अर्को विद्यालयसँग गाभिनुपर्ने बाध्यता आयो । भूगोलको दृष्टिले विद्यालय मर्ज गर्न कठिन परेको परिस्थितिमा विद्यालयले विद्यार्थी आकर्षण गर्ने नयाँ योजना बनाएर विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउन थाल्यो ।

विद्यार्थी आकर्षण गर्न विद्यालयमा निजी विद्यालयका पाठ्यक्रम प्रयोग, अङ्ग्रेजी माध्यमबाट पठनपाठन, विद्यालयमा बालबालिकालाई निःशुल्क खाजा खुवाउने योजना तयार र कार्यान्वयनमा आएपछि अहिले विद्यार्थी टिक्ने र थपिने क्रम जारी छ ।

दुई वर्षको अवधिमा विद्यार्थी सङ्ख्या ५० पुगेको निर्मल प्राविका शिक्षक प्रेमप्रसाद शर्माले जानकारी दिए । विद्यालयमा खाजा कार्यक्रम लागू हुनुअघि १ बजेपछि साना बालबालिका विद्यालयमा टिकाउन कठिन हुनेगरेको शिक्षकको भनाइ छ ।

विद्यालयमै अर्गानिक खाजा कार्यान्वयन भएपछि साना बालबालिका पनि विद्यालय समय अवधिभर बस्न थालेका उनको भनाइ छ । सरकारले विगत दुई वर्षदेखि विद्यालय खाजा कार्यक्रम सुरु गरेको छ ।

सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपियाँका दरले खाजाखर्च उपलब्ध गराउने प्रधानाध्यापक अविराम थापाले बताए । विद्यालयमा खाजा तयार गर्न एक जना सहयोगी कर्मचारी राखिएको छ ।

सहयोगी कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन प्रतिविद्यार्थी एकसय रुपियाँको दरले अभिभावकसँग मासिक सहयोग लिनेगरेको प्रअ थापाले बताए । विद्यार्थीलाई दाल भात, आलु, फर्सी, भुजा, चिउरा, रोटीजस्ता परिकार खाजाको रुपमा दिने गरिएको उनले बताए ।

खाजा कार्यक्रम लागु भएपछि विद्यालयमा जंकफुड पूर्णरुपमा निषेध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए ।

- Advertisement -

अभिभावकलाई पनि आर्थिक बोझ कम भएको विद्यालयको बुझाइ छ । एक जना विद्यार्थीले दैनिक २० देखि ५० रुपियाँसम्म खाजामा खर्च गर्दैआएका थिए ।

भोकले पढ्न मन नगर्ने, घरमा खाजा खान जाने, घर गएपछि फर्केर नआउनेजस्ता समस्या विद्यालयमा खाजा कार्यक्रम सुरु भएपछि समाधान भएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img