13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा वैशाख ११ बाट आवेदन खुल्ने

spot_img

काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि यही वैशाख ११ गते आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको आईपीओ स्थानीय बासिन्दाका लागि जारी गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १० लाख कित्ता आईपीओको बिक्री खुला गरिनेछ।

कम्पनीले कुल कित्तामध्ये ७ लाख कित्ता आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाका वडा नं। ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाका वडा नं। ८ र ९ का बासिन्दाहरुका लागि सुरक्षित गरेको छ।

बाँकी ३ लाख कित्तामा क्व्होलासोथार र मादी गाउँपालिकाका सबै वडाका बासिन्दाले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ। आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गते बैंकिङ समयपछि हुनेछ।

विन्ध्यवासिनीको आईपीओमा सानिमा बैंक (पोखरा शाखा), सिभिल बैंक (क्व्होलासोथार शाखा), कामना सेवा विकास बैंक (अमरसिंह र बेसीसहर शाखा), पोखरा फाइनान्स (पोखरा र बेसीसहर शाखा) र विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडको रुद्री खोला ए र रुद्री खोला बी जलविद्युत आयोजनाको कार्यालय स्थल तथा नेपाल धितोपत्र अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।

यो आईपीओलाई धितोपत्र बोर्ड गत चैत २५ गते निष्कासनको अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img