19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक

spot_img

एजेन्सी– एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ।

यसपटकको विश्वकपमा खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो।

बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झन्डाबाट प्रेरित रहेको बताइएको छ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो। एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ।

फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए। यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ।

यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो। यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img