एजेन्सी, रुसले युक्रेनमा रहेको विश्वकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा आक्रमण गरेको छ।
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन्। स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ।
मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न आग्रह गरेका छन्। सो क्षेत्रमा आगोका लप्का र धुवाँ उडिरहेको भिडिओ पोस्टमा देखिन्छ।
मेयर ओर्लोभले त्यहाँको अवस्था विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन्। यसअघि बिहीवार राष्ट्रसङ्घीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न आग्रह गरेको थियो।
रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले तत्काल कदम चाल्नु विश्वलाई आग्रह गरिरहेका छन्। ुयुरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्।