13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

विश्व हिन्दू यूवा संघले गर्यो र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबीच बृहत अन्तरकृया

spot_img

काठमाडौ, खोजि मौलिकताको, अभियान समृद्दिको खोजौ नेपाली, रोजौ नेपाली भन्ने मूल नारा लिएर बिश्व हिन्दू यूवा संघले यूवा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारसित अन्तरकृया कार्यक्रम रेको छ ।

कार्यक्रममा बिश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल, प्रदेशसभाका उम्मेदवार भैरब सापकोटा, राप्रपाका राजेन्द्र प्रजापति लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष अधिकारीले आर्थिक चलखेलका नाममा धर्म परिर्वतन महासंघलाई मान्य नभएको बताए । उनले धर्म निरपेक्षका नाममा धर्म खरिद बिक्री सनातन संस्कार बिपरित भएको दावी गरे ।

काँग्रेस उम्मेद्वार पौडेलले राज्यले सबै धर्म समूदायका धर्मावलम्बिलाई बिभेद नगरेकाले आर्थिक प्रलोभनमा पारेर धर्म परिर्वतन गराउनु आपत्तिजनक भएको बताए ।

विश्व हिन्दू यूवा संघका केन्द्रीय अध्यक्ष रिषीकेशजंग शाहले नेपाल हिजो कस्तो देश थियो, अहिले कस्तो भयो भन्ने कुरा बुझन पृथ्बी नारायण शाहलाई सम्झनु पर्ने बताए ।

उनले काठमाडौ, ललितपुर र भक्तपुर तन्त्रको भूमि भन्दै अहिले अंग्रेजी पढेका मानिसले भूलेको बताए ।

उनले त्यस्तो कृयाकलापमा लाग्ने जो सुकै भएपनि कारवाहीको दायरमा ल्याउनु पर्नेका जोड दिए । संघका अध्यक्ष शाहले धर्मका नाममा हुने अनैतिक कृयाकलापको यूवाले बिरोध गर्न पर्ने बताए ।

- Advertisement -

उनले जबसम्म यूवा सजग बन्दैनन तबसम्म यस्ता अनैतिक काम भइरहने बताए । यूवाहरुको उल्लेख्य रुपमा सहभागिता रहेको कार्यक्रमको अध्यक्षता यूवा संघका काठमाडौ अध्यक्ष प्रजीतजंग शाहको अध्यक्षतामा भएको थियो ।

संघले यूवासित अन्तरक्रिया कार्यक्रमलाई निरन्त्ता दिने जनाएको छ । काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का अन्य दल र स्वतन्त्र उम्मेदवारलाई निमन्त्रण गरिए पनि सहभागी भएनन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img