19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

विष पिएका परिवारका ४ सदस्यमध्ये ३ जनाको अवस्था गम्भीर

spot_img

काठमाडौं, काठमाडौंको रामकोटमा एकसाथ विष पिएर बेहोस भेटिएका एकै परिवारका ५ जनामध्ये ४ जनाको उपचार जारी छ। एक जनाको भने घटनाकै दिन सोमबार राति मृत्यु भइसकेको छ।

स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ४ जनामध्ये १ जनाको स्वास्थ्य सुधार भए पनि ३ जनाको अवस्था भने गम्भीर भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दीनेशराज मैनालीका अनुसार भीममान प्रधान, उनकी आमा ६२ वर्षीया इन्दिरामाया र ११ वर्षकी छोरी सुप्रियाको अवस्था गम्भीर भएको हो।

भीमकी श्रीमती ३५ वर्षकी मन्दिरा प्रधानको भने स्वास्थ्यमा सुधार भएको उनले बताए। सँगै विष पिएका उनका भतिज ३३ वर्षीय सुवर्णमान प्रधानको भने सोमबार राति १०: ३० बजे मृत्यु भइसकेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img