19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

वीरगञ्‍जका मेयर सरावगी पनि अब एमाले

spot_img

वीरगञ्ज, जसपाका नेता एवं पर्साको वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई एमालेमा प्रवेश गराएका हुन् । ओलीले सरावगीलाई दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गरेका मेयर सरावगीले जसपाले जातिवादको राजनीति गरेको आरोप लगाएका छन् । उनले पार्टीले राम्रा मान्छेलाई टिकाएर राख्न नसकेको समेत बताए ।

‘जसपा छोड्ने कारणहरू छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले जसपा छोड्नुको कारण खुलाउँदै भने अहिले पनि जातिवादको राजनीति भइरहेको छ ।

जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

एमालेमा प्रवेश गर्नु अगाडि उनी कांग्रेसमा प्रवेश गर्ने हल्ला थियो । उनले पूर्वमन्त्री एवं व्यवसायी मोती दुगडले अध्यक्ष ओलीसँग भेट गराएपछि एमालेमा प्रवेश गरेको खुलाए ।

उनले आफू एमाले अध्यक्ष ओलीबाट सुरुदेखि नै प्रभावित भएको भन्दै प्रशंसासमेत गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तात्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img