सर्लाही, जनकपुर वीरगञ्ज चल्ने यात्रुबाहक बस सर्लाहीमा पुलबाट खोलामा खस्दा चारजनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्।
वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट खसेको हो।
दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले जानकारी दिए। उनीहरुको परिचय खुलेको छैन। दुर्घटनामा ३२ जना घाइते भएको उनले बताए।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। गुडिरहेको बस एक्कासि खोलामा खसेर दुर्घटना भएको हो।