14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

वृजेश गुप्तालाई एमालेमा भित्र्याउन ओली आज कपिलबस्तु जाँदै

spot_img

काठमाडौ, संघीय सांसद वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा भित्र्याउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली आज कपिलबस्तु जाँदैछन्।

गत निर्वाचनमा सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका प्रतिनिधिसभा सदस्य गुप्ता हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका हुन्।

एमालेको लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न दलका पाँच हजार भन्दा धेरै नेता कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन्। त्यसरी प्रवेश गर्नेमा सत्तारुढ गठबन्धनको कतिपय नेता कार्यकर्ता पनि छन्।

कपिलबस्तुमा रहँदा ओली पार्टी प्रवेश बाहेक अन्य कार्यक्रममा पनि सहभागी हुने एमाले जिल्ला कमिटीले जनाएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img