Sarokar News

Best News Forever

जीवनशैली मनोरन्जन

व्यापारी रोहित तिवारीसँग केकीले गरिन सुटुक्क बिहे

काठमाडौ, अभिनेत्री केकी अधिकारीले व्यापारी रोहित तिवारीसँग लगनगाँठो कसेकी छन्। गोप्य रुपमा विवाह गर्ने बताउँदै आएकी केकीले बुधबार गुपचुप विवाह गरेकी हुन्।

सीमित पारिवारिक सदस्य तथा नजिकका केही साथीलाई मात्रै बोलाएर विवाह गरेकी हुन्। लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन्।

प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन्। विवाहपछि यो जोडी काठमाडौंस्थित ‘यी ग्रान्डी अपार्टमेन्ट’ भित्रिएको बताइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *