शशांकको अर्थपूर्ण अभिव्यक्ति

|

काठमाडाैं, – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संस्थापन एवं आफ्ना पितालाई स्मरण गर्दै अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघको बुधबार काठमाडौंमा भएको महाधिवेशन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै शशांकले अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् ।

कांग्रेसमा १५ औं महाधिवेशनका लागि संस्थापनबाट सभापतिको उम्मेदवारको खोजी भइरहेका बेला शशांकले पितालाई सम्झाएका हुन् । ‘नेपाली कांग्रेस बीपीले स्थापना गर्नु भएको पार्टी हो,’ शशांकले भने, ‘यसैले यो पार्टीमा भविष्यमा कर्णधारले जिम्मेवारीपूर्ण भूमिका निभाउनुपर्छ ।’

शशांक आगामी महाधिवेशनमा सभापतिका दाबेदार हुन् । यस अघिका सार्वजनिक कार्यक्रममा शशांकले आफूलाई यसरी प्रस्तुत गर्ने गरेका थिएनन् । तर सभापतिमा बलियो दाबेदारी पेश गर्ने तयारीमा रहेका कोइरालाले आफ्नो आकांक्षा देखाउन थालेका हुन् ।

केही दिन अघि मात्रै पार्टी संस्थापनका ११ जना नेतासँगै शशांक पनि देखिएका थिए ।

२०८१ फाल्गुन ७, बुधबार प्रकाशित