13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन हुने, वस्तुगत प्रश्नमात्रै सोध्ने तयारी

spot_img

काठमाडौं– शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने गरी पाठ्यक्रममा परिमार्जन गर्ने तयारी गरेको छ।

आयोगले लाइसेन्स परीक्षाका लागि तयार गर्ने नयाँ पाठ्यक्रममा वस्तुगत प्रश्नमात्र सोध्ने विषयमा छलफल अगाडि बढाएको छ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पाठ्यक्रम परिवर्तन भइरहेकाले के गर्दा परीक्षा व्यवस्थित र मर्यादित हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताए।

उनले भने, ‘पाठ्यक्रम परिवर्तन गर्ने विषयमा गृहकार्य भइरहेको छ। यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ। केही समयभित्रै यसको प्रतिवेदन तयार भएर लागू भएपछि अभ्यासमा जान्छ।’

आयोगका सदस्य डिल्लीराम रिमालको संयोजकत्वमा गठन भएको पाठ्यक्रम संशोधन समितिले पाठ्यक्रममा परिवर्तन गर्ने गृहकार्य गरिरहेको छ।

लाइसेन्स परीक्षाको पाठ्यक्रम स्वीकृत भएपछि लागू गरिने आयोगका सदस्य रिमालले बताए। उनले भने, ‘पाठ्यक्रममा परिमार्जन गर्ने विषयमा छलफल भएको छ।

वस्तुगत प्रश्नमात्र राख्दा सहज हुने विषयमा विज्ञहरुले सुझाव दिनुभएको छ। समयसापेक्ष अभ्यासमा जाने हो। वस्तुगतको पाठ्यक्रम तयार भएर स्विकृत भए यो लागू हुने अवस्था बन्न सक्छ।’

यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेकोमा पाठ्यक्रम नै परिमार्जन गरेर यस पटकदेखि वस्तुगत प्रश्न मात्र सोध्ने तयारी गरेको छ।

- Advertisement -

वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक गर्न र उत्तरपुस्तिका परीक्षण गर्न सहज हुने विज्ञले छलफलका क्रममा सुझाव दिएका छन्।

यो संशोधन प्रस्ताव पारित भए आयोगको परीक्षामा ५० वटा वस्तुगत प्रश्न मात्र सोधिनेछ। दुई अंकभार हुने एक प्रश्नको गलत उत्तर दिएमा नकारात्मक अंक प्राप्त हुन्छ।

आयोगले यस पटकदेखि ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गर्ने यसअघि नै स्पष्ट पारिसकेको छ। आयोगले वार्षिक कार्यतालिकामा चैत महिनामा अध्यापन अनुमतिपत्रका लागि विज्ञापन गर्ने उल्लेख गरेको थियो।

आयोगले विज्ञापन सार्वजनिक गर्नुअघि पाठ्यक्रम तयार गरिसक्ने जनाएको छ। नयाँ पाठ्यक्रम लागू भएको मितिले तीन महिनापछि मात्र परीक्षा सञ्चालन हुने भएकाले चैतमा विज्ञापन आह्वान भएमा आगामी असारसम्ममा लाइसेन्स परीक्षा सञ्चालन हुन्छ।

आयोगले खुला प्रतियोगितामार्फत चैत १५ गते माध्यमिक तृतीय श्रेणी, चैत १७ गते निम्न माध्यमिक तृतीय श्रेणी र चैत १९ गते प्राथमिक तृतीय श्रेणीको परीक्षा सञ्चालन गर्ने र चैत २१ गते तीन वटै तहको आन्तरिक प्रतियोगितात्मक बढुवा ९२५ प्रतिशत०को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img