काठमाडौं – शिक्षक सेवा आयोगले तालिम प्राप्त नगरेका व्यक्तिहरुको अध्यापन अनुमतिपत्र स्वत रद्द हुने जनाएको छ । विभिन्न समयमा भएका विज्ञापनहरुमा उत्तीर्ण भई अध्यापन अनुमति पत्र लिएका व्यक्तिहरुले आयोगले तोकेको समयभित्र तालिम प्राप्त नगरेको भए स्वत रद्द हुने जनाएको हो ।
आयोगले अध्यापन अनुमतिपत्र वितरण गर्ने प्रायोजनका लागि विभिन्न समयमा भएका विज्ञापनहरु उत्तीर्ण भई सशर्त अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति र अनलाइन आवेदन फाराम भर्दा रित नपु¥याएका भए पनि प्राविधिक कारणवश अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भई शिक्षा विकास निर्देशनालय वा शिक्षा विकास तथा समन्वय इकाइबाट अध्यापन अनुमति वितरण समेत भैसकेको व्यक्तिहरुले आयोगले तोकेको समयभित्र तालिम प्राप्त नगरेको भए स्वत रद्द हुने जनाएको छ ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६ घ को उपनियम (३) अनुसार २०६६/०६७ सालमा प्रकाशित विज्ञापन नम्बर १६/२०६६, १७/२०६६, १८/२०६६ क्रमशः मावि, निमावि र प्रावि तहको अध्यपान अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई आयोगले २०६७/०९/३० गतेको निर्णय अनुसार वितरण भएका अध्यपान अनुमतिपत्रको हकमा २०७५ कार्तिक २२ गतेसम्म तालिम प्राप्त नगरेको भए त्यस्ता अध्यापन अनुमतिपत्र स्वत रद्द हुने सूचनामा उल्लेख गरेको छ । साथै तोकिएको समयभित्र तालिम प्राप्त गरेकाको हकमा २०८० असार मसान्त सम्ममा स्थायी रुपान्तरण गरिसक्नुपर्ने जनाएको छ ।
त्यसैगरी २०७६/०७७ सालमा प्रकाशित विज्ञापन नम्बर ३५/०७६ अनुसार तत्कालीन उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि सञ्चालन भएको माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका व्यक्तिहरुलाई २०८१ चैत मसान्तसम्म तालिम पुरा गर्नुपर्ने छ ।