20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण प्रयासपछि कोलम्बोमा कर्फ्यु

spot_img

एजेन्सी, गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ। राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट सिर्जना भएको भन्दै राष्ट्रपति भवनमा आक्रमण प्रयास भएको हो।

लाखौं नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौं प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण प्रयास गरेका छन्।

गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। प्रहरीसँगको झडपमा एक जना गम्भीर घाइते भएको र कयौं मानिस पक्राउ परेका समाचार आइरहेका छन्।

निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा थिएनन्। प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन्। वरपरका घरका पर्खाल समेत ढालिदिएका छन्।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका चरम आर्थिक संकटमा रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img