12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट रुस निलम्बित

spot_img

एजेन्सी– संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट निलम्बन गरेको छ।

युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लंघनको घटनालाई लिएर संयुक्त राष्ट्रसंघले यो निर्णय गरेको हो।

संयुक्त राष्ट्रसंघमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए। यस्तै, २४ वटा देशले विपक्षमा मतदान गरेका थिए। ५८ देश मतदानमा अनुपस्थित रहे।

यो मतदानमा छिमेकी देश भारत पनि अनुपस्थित रह्यो। संयुक्त राष्ट्रसंघमा रुसविरुद्धको प्रस्तावमा भएको मतदानमा भारत अहिलेसम्म अनुपस्थित रहँदै आएको छ।

युक्रेनमाथि रूसले २४ फेब्रुअरीमा आक्रण गरेको थियो। युक्रेनले रूसको सैनिकमाथि बुचा सहरमा सयौं नागरिकलाई मारेको आरोप लगाएको थियो।

त्यसपछि अमेरिकाले रुसलाई मानव अधिकार परिषद्‌बाट हटानका लागि प्रस्ताव लैजाने बताएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img