Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

संसदीय समितिले दियो सरकारलाई सवारीमा जोर/बिजोर प्रणाली लागू गर्न र इन्धन बिक्रीमा कोटा तोक्न निर्देशन

काठमाडौ। संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । ​

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै खपत घटाउने गरी काम गर्न निर्देशन दिएको हो ।

निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी सहभागी भएको छलफलमा निगमका अधिकारीले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न निगम मात्रै सक्षम नरहेको धारणा राखेका थिए ।

बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन समितिले निर्देशन दिएको छ ।

समितिले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने, इन्धन बिक्रीमा कोटा तोक्ने र भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेलगायत उपाय अबलम्बन गर्न निर्देशन दिएको हो ।

महँगोमा किन्ने तेलको सहज उपलब्धताका कारण दुरुपयोग भएको भन्दै समितिले पम्पहरुलाई मुठ्ठी कसेर तेल बिक्री गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *