Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको चालू अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ।

संसदीय दलको बैठकको सुरुवात गर्ने क्रममा प्रमुख सचेतक विशाल भट्टराईले सरकारले हठातमा अधिवेशन अन्त्य गरेको बताए।

‘प्रमुख प्रतिपक्षी दलसँग र अन्य कसैसँग छलफल नै नगरी हठात रुपमा अधिवेशन अन्त्य गरिएको छ,’ उनले भने, ‘छलफलका महत्त्वपूर्ण विषय थिए।’

उनले आजको बैठकमा संसद अधिवेशन अन्त्य, राजनीतिक घटनाक्रमका बारेमा अध्यक्षले सम्बोधन गरिरहेको बताए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *