काठमाडौ, सत्ता गठबन्धनको मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषदको बैठक सुरु भएको हो।
यसपछि आजै बिहान साढे १० बजे बालुवाटारमै सत्ता गठबन्धनको बैठक बस्दै छ। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक राखेका हुन्।
बैठकमा शुक्रबार प्रधानमन्त्री भारत भ्रमणमा जानेलगायत विषयमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए। जारी मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना छ। छलफलअघि मन्त्रिपरिषद् बैठक