11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

सत्ता गठबन्धनको बैठक बस्दै

spot_img

काठमाडौ, स्थानीय तहको निर्वाचन आउन एक महिना पनि बाँकी छैन । ३० वैशाखमा हुन लागेको निर्वाचनका लागि आयोगले दलहरूलाई ११ र १२ वैशाखमा मनोनयन गर्न भनेको छ ।

मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा दलहरूले सबै ठाउँमा उम्मेदवारको टुंगो भने लगाइसकेका छैनन् । विशेष गरी सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरिरहेको छ ।

उसले चासोका साथ हेरिएको महानगरपालिका र उपमहानगरपालिकामा समेत उम्मेदवार छान्न सकिरहेको छैन । सिटको भागबन्डामा सहमति जुट्न नसक्दा गठबन्धनलाई उम्मेदवार छान्न सकस भइरहेको हो ।

गठबन्धनको शीर्ष दल नेपाली कांँग्रेसले तीन महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ । उसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिका र धनगढी तथा फुटबल उप-महानगरपालिकामा दाबी गरेको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जीतपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका पाउनुपर्ने दाबी गरिरहेको छ ।

अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिकामा दाबी गरेको छ ।

जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने अडान कायकै राखेको छ । भागबन्डाको विषय टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ । तर, उनीहरूबीच सहमति जुट्न सकेको छैन ।

आज बिहान ९ बजे पनि भागबन्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँडबारे निर्णय हुने सम्भावना छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img