13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

सत्ता गठबन्धनको बैठक बस्दै, महानगर र उपमहानगर बाँडफाँट हुने सम्भावना

spot_img

काठमाडौ, आउने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दल आज ९सोमबार० यस विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक गर्दै छन्।

गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्। तर, जनमोर्चा सरकारमा सहभागी छैन्।

उनीहरूबीच आज आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कहाँ कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल हुन लागेको हो। गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहान ९ बजेपछि बालुवाटारमा बस्ने तयारी छ।

यसअघि हिजो आइतबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको थियो। जसमा प्रदेश तथा जिल्लाहरूबाट आएका चुनावी तालमेलसम्बन्धी रिपोर्टबारे छलफल गरिएको थियो।

आजको बैठकमा गठबन्धनकै उच्च स्तरीय राजनीतिक समन्वय समितिका समेत संयोजक रहेका पौडेलले हिजो गरिएको छलफलको ब्रिफिङ गर्ने बताइएको छ।

आजको बैठकले सम्भवतः गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँट गर्नेछ। साथै अन्य स्थानीय तहमा के कसरी तालमेल गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्ने सम्भावना छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img