काठमाडौं- सत्ता गठबन्धनको बैठक महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ।
सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिनेछ। त्यस्तै, वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। उसले ललितपुर महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।
त्यस्तै, जसपाले वीरगंज महानगरपालिका र विराटनगरपालिकामा उम्मेदवारी दिनेछ।
कुन दलले कहाँ पाउँदैछन् ?
महानगरपालिका
काठमाडौं: प्रमुख- कांग्रेस र उपप्रमुख- एकीकृत समाजावादी
ललितपुरः प्रमुख- कांग्रेस र उपप्रमुख-माओवादी केन्द्र
भरतपुरः प्रमुख- माओवादी केन्द्र र उपप्रमुख- कांग्रेस
पोखराः प्रमुख-एकीकृत समाजवादी र उपप्रमुख-कांग्रेस
वीरगंजः प्रमुख- जसपा र उपप्रमुख-कांग्रेस
विराटनगरः प्रमुख-कांग्रेस र उपप्रमुख-जसपा
उपमहानगरपालिका
इटहरीः प्रमुख- कांग्रेस र उपप्रमुख- एकीकृत समाजवादी
धरानः प्रमुख- कांग्रेस र उपप्रमुख- माओवादी केन्द्र
जनकपुरः प्रमुख- जसपा र उपप्रमुख- कांग्रेस (सहमति पत्रमा उल्लेख नभएको)
कलैयाः प्रमुख- कांग्रेस र उपप्रमुख- जसपा
जितपुर सिमराः प्रमुख-माओवादी केन्द्र र उपप्रमुख-कांग्रेस
हेटौँडाः प्रमुख-एकीकृत समाजवादी र उपप्रमुख-कांग्रेस
बुटवलः प्रमुख-कांग्रेस र उपप्रमुख-एकीकृत समाजवादी
तुलसीपुरः प्रमुख-कांग्रेस र उपप्रमुख-एकीकृत समाजवादी
घोराहीः प्रमुख- माओवादी केन्द्र र उपप्रमुख-कांग्रेस
नेपालगंजः प्रमुख- कांग्रेस र उपप्रमुख- जसपा
धनगढीः प्रमुख- कांग्रेस र उपप्रमुख- माओवादी केन्द्र