Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

सत्ता गठबन्धनले सोमबार महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने

काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाबारे सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेका छन्।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो।

गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत भएको छ।

गठबन्धनको दल राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीका अनुसार आइतबार बसेको बैठकले छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने समझदारी समेत गरेको छ।

महानगर र उपमहानगरपालिका बाहेकका स्थानीय तहको भागबण्डाबारे टुंग्याउन आइतबार दिउँसो कार्यदलस्तरमा छलफल हुने पुरीले जानकारी दिए।

कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरिने छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *