काठमाडौ, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनसम्म मिलेर जाने सहमति भएको बताएका छन्।
बुधबार काठमाडौंमा पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष् नेपालले गठबन्धन वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनसम्म कायम रहने दाबी गरेका हुन्।
सत्ता गठबन्धनमा नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन्। हाम्रो सहमति भएको छ निर्वाचनमा पनि मिलेर जाने’, अध्यक्ष नेपालले भने।
पार्टीको जारी बैठक चुनावी तयारीका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले यसैमा पार्टीको सिंगो शक्ति परिचालन गरिने बताए।
‘चुनावको तयारीका निम्ति यो बैठक अत्यन्तै महत्त्वपूर्ण छ। हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुनेछ’, उनले भने, ‘निर्वाचनका निम्ति नै सम्पूर्ण शक्ति परिचालन, निर्वाचनकै निम्ति योजना निर्माण गरिनेछ।’