13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

समस्या परेको ठाउँमा गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा : अध्यक्ष दाहाल

spot_img

नगढी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले पत्रकारहरूसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं ।’

यद्यपि, ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।

‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौं,’ दाहालले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुनसक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन ।

प्राथमिकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।’

प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबन्धन रहेको बताउँदै उनले अर्को गठबन्धन परिवर्तन उल्ट्याउने कोशिस गर्नेहरूको रहेको बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img