काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्।
टर्कीको अंकारामा आयोजना हुने ‘इको क्लाईमेट कन्फ्रेस’ मा सहभागी हुन अध्यक्ष नेपाल सोमबार राति १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।
टर्कीस एयरलाइन्सको उडानबाट इस्तानबुल हुँदै उनी अंकरातर्फ प्रस्थान गरेको अध्यक्ष केपालको सचिवालयले जनाएको छ। अध्यक्ष नेपालले मार्च २९ र ३१ सम्म हुने समिटमा मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने उनको सचिवलायले जनाएको छ।
अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फिर्ता हुने छन्।