11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

समाजवादी सुदूरपश्चिम प्रदेशका नेताले गरे कांँग्रेसलाई सत्ताबाहिरै राख्नुपर्ने ब्रिफिङ

spot_img

काठमाडौं-  नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकमा सुदूरपश्चिम प्रदेशको सत्ताले प्रवेश पाएको छ। सो प्रदेशका केही नेताहरुले सो प्रदेशको सरकारमा कांँग्रेसलाई बाहिरै राख्नुपर्ने ब्रिफिङ गरेका हुन्।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका नेता शेर बहादुर कुँवरले आफ्नो पार्टी र माओवादी केन्द्रका सांसद्हरु मिलाउँदा पूर्ण बहुमत भएकाले यही अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

हाल सो प्रदेशमा यी दुई पार्टीको सरकार छ। हामीले पार्टी बलियो बनाउन कांग्रेसलाई प्रतिपक्षमै राख्नु उचित हुन्छ, बैठकमा उनले भनेका थिए।

कुँवरले यस विषयमा केन्द्रीय नेताहरूसँग समेत अनौपचारिक छलफल गरेका छन्। अहिले प्रमुख प्रतिपक्ष दल कांँग्रेस प्रतिपक्षमै रहँदा एमाले कमजोर हुने कुँवर लगायतका नेताहरुको बुझाइ छ।

कांँग्रेस सत्तामा आए एमाले प्रमुख प्रतिपक्ष दल बन्ने र सोही किसिमको राजनीति गर्ने भएकाले त्यहाँको सत्ता संरचनालाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img