18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

सम्मानजनक ढङ्गबाट गठबन्धन नभए माओवादी एक्लै लड्छ : नेता श्रेष्ठ

spot_img

गोरखा– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्।

गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए।

नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत बताए।

हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन। गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ, श्रेष्ठले भने।

पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने श्रेष्ठको भनाइ छ। पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उनले उल्लेख गरे।

अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो, उनले भने, यो मोर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ।

नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img