14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

सरकारमा एमाले नभएकोमा जनता चिन्तित छन् : अध्यक्ष ओली

spot_img

कालीकोट, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकार हटेकोमा सिंगो नेपाली जनता दुःखित र चिन्तित भएको बताएका छन्।

बिहीबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको सरकार कहिले जाला र एमालेको सरकार बन्ला भनेर जनताले पर्खिरहेको बताए।

गठबन्धनको सरकारको कहिले दिन जाला, कहिले एमाले सरकार बन्ला, कहिले सरकारप्रति जनताले विश्वास गर्ने, सरकारले जनताको लागि काम गर्ने दिन आउला, कहिले सरकारले विकासको काम अगाडि बढाउने दिन आउला, विकासको लहर फेरि कहिले सरकारले सुरु गर्ला, त्यसका निम्ति कहिले एमालेको सरकार आउलारु भनेर नेपाली जनताले हेरिरहेको, पर्खिरहेको छ, उनले भने।

ओलीले एमालेमा प्रवेश गर्नेहरुले पछुतो र पश्चाताप मान्नु नपर्ने बताए। नेकपा एमालेले कुनै पनि कार्यकर्ताको दुरुपयोग गर्नेछैन। गलत काममा लगाउँदैन। गलत बाटो हिँडाउँदैनु, उनको भनाइ छ।

ओलीले दोस्रोपटक पनि गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले गत असारमा असंवैधानिक भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।

२०७५ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका ओली २०७८ असार २९ गते पदमुक्त भएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img