काठमाडौं, सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।
मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
संसदको चालू अधिवेशनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन गरेको थियो। यस्तै संसदमा पेस भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथिको प्रक्रिया भने अर्को अधिवेशनले बढाउने भएको छ।