10.2 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

सर्लाहीमा क्रेनको ठक्करबाट छात्राको मृत्यु, विद्यार्थीले क्रेन जलाए

spot_img

सर्लाही, सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि स्थानीयले क्रेनमा आगजनी गरेका छन्।

बिहीबार दिउँसो बागमती नगरपालिका–७ राजघाटस्थित घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा जाँदै गर्नुभएकी स्थानीय रवीलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिएको हो।

क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। कक्षा ११ मा अध्ययन गर्ने सुमित्रासँगै उनकी भाउजू पनि साइकलमै विद्यालय जाँदै थिए ।

स्थानीयले दुर्घटनामा सुमित्रालाई चोट लागेको देखेपछि क्रेन चालकले पुनः ठक्कर दिएको आरोप लगाएका छन्। विद्यार्थीले मृतकको शवसमेत घटनास्थलबाट उठाउन दिएका छैनन्। क्रेनका चालकलगायतलाई घटनास्थलमै ल्याउनु पर्ने स्थानीयको माग छ।

आगोले जलेर क्रेनको आधाभन्दा बढी भाग क्षतिग्रस्त भएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी ठूलो सङ्ख्यामा परिचालन भए पनि आक्रोशित विद्यार्थीको भीडले क्रेनमा आगजनी गरेको हो।

नम्बर नलेखिएको क्रेन बागमती खोलामा रौतहटको समनपुर र सर्लाहीतर्फ जोड्ने पुल बनाउने काममा प्रयोग गरिएको स्थानीयले बताएका छन्।

प्रहरीले क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img