20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

सर्वसाधारणका लागि खुला भयो वसन्तपुरको गद्दी बैठक

spot_img

काठमाडौं, वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुल्ला गरिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक एवं ऐतिहासिक घटनाक्रमहरु समेटेर प्रर्दशनीको व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

हनुमानढोका दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको थियो ।

वसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माण कार्य जारी छ ।

- Advertisement -

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img