एजेन्सी, म्यानचेस्टर सीटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा ब्राइटनमाथि ३–० को सहज जीत हात पार्दै सीटी शीर्ष स्थानमा उक्लिएको हो ।
उसको जीतमा रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एकरएक गोल गरे । खेलको ५३ औं मिनेटमा महारेजले सीटीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा फोडेनले टोलीको अग्रता दोब्बर बनाए ।
८२ औं मिनेटमा सिल्भाले गोल गरेपछि सीटीले ३–० को सहज जीत निकाल्यो । जीतसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ । यो दोस्रो स्थानको लिभरपुलको भन्दा एक अंक बढी हो ।
पराजित ब्राइटन ३३ खेलबाट ४० अंकका साथ दशौँ स्थानमा छ । लिगकै अन्य खेलमा आर्सनलले चेल्सीमाथि ४–२ तथा न्यूकासल युनाइटेडले क्रिस्टल प्यालेसमाथि १–० को जीत दर्ता गरे ।
त्यस्तै, एभर्टन लेस्टर सीटीसँग १–१ को बराबरीमा रोकियो ।