20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको उजुरी दिने किशोरीलाई साढे ३ वर्ष कैद

spot_img

अछाम, सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ।

बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो।

२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ। युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो।

गत माघ १५ गते आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका २० का ती युवकले बलात्कार गरेको भन्दै किशोरीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

किशोरीले प्रहरीमा दिएको जाहेरीमा माघ १५ गते राति अन्दाजी ११: ३० बजेतिर आफूमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेकी थिइन्।

आमासँग विवाहको कुरा गरेको र राति आफ्नै कोठाको भुइँमा सुतेका युवकले खाटमा सुतेकी आफूलाई तानेर जबरजस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी थिइन्।

तर, अदालतमा दिएको बयान र बहसका क्रममा किशोरीले सहमतिमै यौन सम्बन्ध राखेको स्वीकारेकी थिइन्। तत्काल विवाह नहुने अवस्था सिर्जना भएको भन्ने अवस्थामा आफूले रिसले बलात्कार गरेको भनेर भनेको किशोरीले बयान दिएकी थिइन्।

- Advertisement -

अदालतमा दिएको बयानमा युवकले सहमतिमै यौन सम्पर्क राखेको बताएका थिए। पछि घरमा मान्छे बितेको खबर सुनिएपछि आफू तत्काल विवाह नहुने भयो भनेर त्यहाँबाट बाहिरिएको युवकले बयान दिएका थिए।

‘प्रतिवादीका साक्षी तथा वादीका साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीलाई घटना हुँदाको दिन पीडितले नै बोलाएर कोठामा लगेको तथ्य पुष्टि भएबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन सकेन, साथै पीडितले रिसले जाहेरी दिएको भनेर अदालतमा बकपत्र गर्दा लेखाएबाट निजले प्रतिवादीलाई झुटो बेहोराले जाहेरी लगायतको कागज गरी झुटा मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको देखिन्छ,’अदालतले फैसलामा भनेको छ।

‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा(१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने र जाहेरीकर्तालाई झुट्टा जाहेरी दिएर प्रतिवादीलाई झुटा मुद्दामा फसाउने प्रयत्न गरे वाफतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा(२) को देहाय (क) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ अदालतले फैसलामा भनेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img