Sarokar News

Best News Forever

अर्थतन्त्र मुख्य समाचार

साताको अन्तिम दिन नेप्से ह्वात्तै बढ्यो, सेयर कारोबार रकम भने उस्तै

काठमाडौ, सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ५२.२१ अंकले र सेन्सिटिभ सूचक ६.२४ अंकले बढेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार २२६ सेयर कारोबार भएकामा ५६ लाख १० हजार कित्ता बिक्री भएको छ। दिनभरिमा ४३ हजार ५३८ पटकको खरिदबिक्रीपछि २ अर्ब ७९ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो।

आज १३ मध्ये १२ उपसूचक हरियो छन्। आज कमाउने लगानीकर्ताले ९.९८ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले ३.०८ प्रतिशतले घाटा व्यहोरेका छन्।

आज १६ करोडसम्मको सर्वाधिक कारोबार भएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *