Sarokar News

Best News Forever

अर्थतन्त्र

साताको चौथो दिन नेप्से ३०.२९ अंकले घट्यो, कारोबार रकम २ अर्ब ३५ करोडमा सीमित

काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४ अंकमा कायम भएको छ। कारोबार रकम पनि २ अर्ब ३५ करोडमा सीमित भएको छ।

बैंकिङ १२, व्यापार ७९, होटल तथा पर्यटन १२, विकास बैंक १०१, जलविद्युत् ५५, फाइनान्स ४९, निर्जीवन बीमा १९८, उत्पादन ४७, अन्य २८, माइक्रोफाइनान्स ४३ र जीवन बीमा उपसमूह १३९ अंकले घटेको छ।

दुई कम्पनीको मूल्य स्थिर रहँदा १७१ कम्पनीको मूल्य घटेको छ भने १९ को बढेको छ। माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो। इमर्जिङ नेपालको मूल्य ३‍.९९ प्रतिशतले बढेको छ।

विशाल बजारको ५.७, सामुदायिक लघुवित्तको ५.६ र बुद्धभूमि हाइड्रोको मूल्य ५.४ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, अपी पावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *