13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

साताको पहिलो दिन नै सेयर बजार रातो, साढे २ अर्बको मात्रै कारोबार

spot_img

काठमाडौ, सेयरबजारमा आज गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से ३.६६ अंकले घटेको हो। सेन्सिटिभ सूचक भने १.३१ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ३० सेयर कारोबार सामेल भएकामा ५१ लाख ३९ हजार कित्ता मात्रै बिक्री भएको छ। यो भनेको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँबराबरको कारोबार हो।

नेप्से घटेर २५४३.३९ विन्दूमा पुगेको छ। आज १३ मध्ये व्यापार, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहको सूचक राताम्य छन्।

आजको कारोबारमा मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ७.८० प्रतिशत आम्दानी गरेका छन्। त्यसैगरी सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.४८ प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै नेपाल ल्युब आयल लिमिटेडका सेयरधनीले ३।९९ प्रतिशत, ङादी हाइड्रोपावरका लगानीकर्ताले २.७४ प्रतिशत कमाएका छन्।

यता शिवम् सिमेन्टका लगानीकर्ताले भने आज ७.११ प्रतिशत अर्थात् प्रतिकित्ता ८३ रुपैयाँ गुमाएका छन्। यसबाहेक रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ५.७७ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशत, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशत र पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४४ प्रतिशत गुमाएका छन्।

कुल कारोबारमा भने शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। कम्पनीको प्रतिसेयर १ हजार ८५ रुपैयाँमा १५ करोड रुपैयाँको कारोबार भएको हो। यो नै आजको उच्चतम कारोबार हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img