19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

सातौ दमक फुड फेस्टिवल सम्पन्न ; करिब ५० लाख बराबरको ब्यवसायी कारोबार

spot_img

दमक : झापाको दमकमा आयोजित सातौ दमक फुड फेस्टिवल २०७७ सम्पन्न भएको छ ।

होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा फुड फेस्टिबल आयोजना गरिएको थियो ।

सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार भएको प्रचारप्रसार संयोजक काजी राउतले बताए ।

दमक क्षेत्रको आर्थिक , सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक , धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।

फेष्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दैनिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम समापनको अवसरमा पत्रकार टीकाराम उप्रेतीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरियो । संघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

- Advertisement -
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img