13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

सामुदायिक स्कुलमा भर्ना हुन चार गुना बढी आवेदन

spot_img

विराटनगर । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ। तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ।

विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनुपर्ने हुन्छ। पोखरिया माध्यमिक विद्यालयले निश्चित कोटा तोकेर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गर्छ। तर तोकिएको कोटाभन्दा धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दै आएको छ। नयाँ शैक्षिक सत्रका लागि पनि पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी छनोटको प्रक्रिया सुरू गरेको छ। विद्यालयले शनिबार भर्नाका लागि विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा लियो।

नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा ६ देखि ९ सम्म ४ सयजना विद्यार्थी भर्ना गर्ने निर्णय गरेको छ। तर भर्ना हुनका लागि १ हजार ८ सय ५३ विद्यार्थीले आवेदन दिएको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार विद्यालयले तोकेको कोटाभन्दा ४ गुणा बढी विद्यार्थीले आवेदन भरेपछि प्रवेश परीक्षा लिनु परेको हो। ‘हामीले कक्षा ६ देखि ९ सम्मका लागि ४ सयजना विद्यार्थी भर्ना कोटा निर्धारण गरेका थियौं’, प्रधानाध्यापक भट्टराईले भने, ‘तर साँढे १८ सय विद्यार्थीको आवेदन परेकाले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्न लागेका हौं।’

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म हरेक कक्षामा १ सयजनाका दरले विद्यार्थी छनोट गरिने प्रधानाध्यापक भट्टराईले जानकारी दिए। प्रवेश परीक्षामा कक्षा ६ का लागि ४ सय ७, कक्षा ७ का लागि ४ सय ५५, कक्षा ८ का लागि ५ सय ५१ र कक्षा ९ का लागि ४ सय ४० जना सहभागी भएका छन्।

यस विद्यालयमा माथिल्ला कक्षामा मात्रै हैन आधारभूत तहका कक्षामा पनि विद्यार्थीको आकर्षण उत्तिकै देखिएको छ। आधारभूत तहमासमेत प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्न लागिएको प्रधानानध्यापक भट्टराईले बताए। उनका अनुसार आधारभूत तहका लागि आइतबार प्रवेश परीक्षा लिने तयारी विद्यालयको छ। विद्यालयले कक्षा २ मा ५०, कक्षा ३ मा ५०, कक्षा ४ मा ५० र कक्षा ५ मा १ सय जना विद्यार्थी भर्ना कोटा तोकेको छ। तर कक्षा २ मा १ सय ५, कक्षा ३ मा १ सय ५०, कक्ष ४ मा १ सय ६२ र कक्षा ५ मा २ सय ५२ जनाले भर्नाका लागि आवेदन गरेका छन्। कक्षा १ मा भने भर्नाका लागि कोटा नतोकिएको प्रधानानध्यापक भट्टराईले बताए। उनका अनुसार कक्षा १ मा भर्नाका लागि हालसम्म ४० जना विद्यार्थीले फारम भरेका छन्। नागरिक दैनिकबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img