काठमाडौं, मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए ।
उनले यसभन्दा अगाडि बसेको मन्त्रिपषिद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको बताए । उक्त पास भएको नियमावलीको थप संशोधन पास भएको हो।
खेलकुद मन्त्री गहतराजका अनुसार आज पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुने छ । सरकारले सार्वजनिक खरिद नियावलीलाई ११ औँ पटक संशोधन गरिएको हो ।
यसैगरी, बैठकले काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय भएको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्न तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गर्ने र देखिएका समस्या समाधान गर्न प्रक्रिया थाल्ने निर्णय भएको उनले बताए ।
मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्ताव समेत स्वीकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।
यसैगरी ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक नि:स्शुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।