Sarokar News

Best News Forever

देश समाज राजनीति लुम्बिनी प्रदेश समाचार

सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले त्यागे कांँग्रेस

रुपन्देही, नेपाली कांँग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए । एकलौटी रूपमा कांँग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।

यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उनले आपत्ति जनाएका छन् ।

‘म ४० वर्षदेखि कांँग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

यादव संस्थापन इतर पक्षका हुन् । कांँग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका हुन् । इस्तियाक राप्रपाबाट नेपाली कांँग्रेसमा आएका थिए, उनी संविधानसभा सदस्यसमेत हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *