काठमाडौं- नेपाली कांँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ। आज र भोलिसम्म अधिवेशन चल्ने छ।
निर्वाचन अधिकृत देवराज महतका अनुसार आज मनोनयन दर्ता, उम्मेदवारको दाबी विरोध हुनेछ भने भोलि निर्वाचन हुने छ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि तीन जना पतिस्पर्धाम छन्। संस्थापन पक्षबाट दुई र इतरपक्षबाट एक जना चुनावी प्रतिस्पर्धामा छन्।
सभापति शेरबहादुर देउवा पक्षबाट डा. प्रेमध्वज लामा र जंगबहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन्। डा. शेखर कोइरालापक्षबाट भने वंशलाल तामाङले उम्मेदवारी दिएका छन्।