19.1 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

सिरी ‘ए’ मा एसी मिलान बराबरीमा रोकिँदा नापोली पराजित

spot_img

एजेन्सी, इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा लिग लिडर एसी मिलान बराबरीमा रोकिँदा उपाधि दौडमा रहेको नापोली पराजित भएको छ ।

मिलान घरेलु टोली टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो । ओलम्पिको डि टोरिनोमा घरेलु टोलीलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा मिलान अंक बाँड्न बाध्य बन्यो ।

यो नतिजासँगै शीर्ष स्थानको मिलानले ३२ खेलमा ७८ अंक जोड्दा टोरिनो ३१ खेलमन ३९ अंकका साथ ११ औं स्थानमा छ । लिगअन्तर्गतकै अर्को खेलमा नापोली पराजित भएको छ ।

नापोली घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा फियोरेन्टिनासँग ३–२ ले स्तब्ध बनेको हो । फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेस, जोनाथन कोन र अर्थर कावरलले गोल गरे ।

घरेलु टोलीका लागि ड्रिएस मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल फर्काए । जीत निकालेको फियोरेन्टिना ३१ खेलमा ५३ अंक जोडेर सातौं स्थानमा उक्लिँदा पराजित नापोली ३२ खेलबाट ६६ अंकका साथ तेस्रो स्थानमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा लाजियोले जिनोआलाई ४–१ हराउँदा सासोउलोले एट्लान्टा, उडिनेसले भेनेजिया तथा रोमाले सालेर्निटानामाथि समान २–१ को जीत हात पारे ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img